Biratnagar, Morang, Nepal
१७ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराटनगरमा शुक्रबार ‘महिला उद्यमी बजार’ लाग्ने

उद्‌घोष संवाददाता
१६ भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर ।  स्थानीय महिला उद्यमीहरूले तयार पारेका उत्पादनको बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित विराटनगरमा आगामी भदौ १९ गते शुक्रबार ‘ महिला  उद्यमी बजार’ (उमन आन्टरप्रिन्योर मार्केट) आयोजना हुने भएको छ।

नेपाल महिला उद्यमी संघ (वीन) मोरङ च्याप्टरको आयोजना तथा ‘उदय’ परियोजनाको सहयोगमा विराटनगरस्थित होटल रुबिजमा साे एकदिने प्रदर्शनी तथा बिक्री मेला सञ्चालन हुन लागेको हो।

 

महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर तथा सशक्त बनाउने मुख्य लक्ष्य राखिएको यस मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकला, लत्ताकपडा, श्रृंगारका सामग्री तथा विभिन्न घरायसी खाद्य परिकारहरू स्टलमा राखिनेछन्।

उत्पादक र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्न बजार प्रभावकारी हुने आयोजकको विश्वास छ।

 

वीन मोरङकी अध्यक्ष कृति श्रेष्ठ उपाध्यायका अनुसार महिलाहरूले घरमै वा साना उद्योगमार्फत उत्पादन गरेका गुणस्तरीय सामग्रीकाे बजारलाई फराकिलो बनाइ पहुँच  दिलाउन साे कार्यक्रम कोसेढुङ्गा साबित हुनेछ।

 

आयोजकले स्थानीय उत्पादनको अवलोकन, खरिद तथा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न सर्वसाधारण, व्यवसायी एवं सरोकारवालाहरूलाई उपस्थितिका लागि आह्वान गरेको छ।

 

 

                                                                  काल्पनिक महिला उद्यमी बजार 

View : 129

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved