विराटनगर । सिजी इलेक्ट्रोनिक्सले नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ ।
चौधरी ग्रुप अन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका आकारको नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको हो ।
यो नयाँ थप टिभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको छ जसमा ३२ देखि ८६ इञ्चसम्मका ओएलईडी टिभी, क्यूएनईडी टिभी, यूएचडी टिभी र स्मार्ट टिभीहरू समावेश छन् ।
एलजीको नानोसेल टिभीहरूमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्वीरको गुणस्तरमा क्रान्ति ल्याएको छ ।
नानोसेल टिभीले जीवन्त रङ र फराकिलो स्क्रिन कोणहरू प्रदान गर्ने र दिनको समयमा हेर्नका लागि उत्कृष्ट भएकोले यसलाई ओएलईडी टिभीको किफायती विकल्पको रूपमा लिन सकिने बताइएको छ ।
सीजी इलेक्ट्रोनिक्सले नो कस्ट इएमआई सेवा, एक्सचेन्ज सेवा, कम्पनीको २–१–१ नीति मार्फत बिक्री पस्चातको सेवा, तीन बर्षको पूरा वारेन्टी जस्ता ग्राहक लाभहरू पनि प्रदान गर्दछ ।
ग्राहकहरूले एलजी शपि स्टोरहरू, सीजी डिजिटल स्टोरहरू, इ–कमर्स साइट सीजीडिजिटल डटकम डटएनपी र नेपालभरि विस्तृत डिलर नेटवर्कमार्फत एलजीको इनोभेटिभ टिभीहरूको पूर्ण जानकारी प्राप्त गर्ने बताइएको छ ।
View : 10
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved