विराटनगर : अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर मानवअधिकार सञ्जाल मोरङले दुईजना मानवअधिकारकर्मीलाई सम्मान गरेको छ ।
आइतबार विराटनगरमा आयोजित कार्यक्रममा मानवअधिकारका क्षेत्रमा लामो समयदेखि कार्य गरेबापत पत्रकार यज्ञ शर्मा र इन्सेककी वाग्मता कट्टेललाई सम्मान गरिएको थियो ।
सञ्जाल मोरङ अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइरालाले उनीहरुलाई सम्मान गरे । उनले मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ डिसेम्बर १० मा प्रतिपादित भएपछि त्यसैको आधारमा धेरै अन्तर्राष्ट्रिय कानूनहरु निर्माण भएको बताए ।
कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्कीसहित गैसस महासंघ कोशी प्रदेश अध्यक्ष लखनलाल मण्डल, मोरङ अध्यक्ष विष्णु शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
View : 188
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved