विराटनगर । लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठानले खेलकुद र साहित्य क्षेत्रका दुईजनालाई नगदसहित पुरस्कृत गरेको छ ।
खेलकुदका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाएको भन्दै प्रतिष्ठानले क्रिकेटका प्रशिक्षक तथा खेलाडी विजयकुमार शर्मालाई नगद १ लाख १ हजारसहित पुरस्कृत गरेको हो ।
यस्तै साहित्यकार राधा भट्टराईलाई नगद १० हजार १ सय राशिसहित पुरस्कृत गरिएको छ । दुवैजनालाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राध्यापक कविराज न्यौपाने, साहित्यकार लक्ष्मी उप्रेती, गंगा सुवेदीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
साहित्यकार भट्टराई मुक्तक लेखनमा सक्रिय छिन् । उनका विभिन्न कृति प्रकाशित छन् ।
समारोहमा प्रमुख अतिथि कविराज न्यौपाने, चेतना प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, आयोजक संस्थाकी अध्यक्ष सभिना पोखरेल उप्रेती, महासचिव दिङ्लाली कान्छो, सचिव मीनकुमार नवोदित, नेपाली लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, साहित्यकार निर्मला कोइराला, प्रतिमा निरौलालगायतले पुरस्कृत व्यक्ति र प्रतिष्ठानकी संरक्षक अग्रज साहित्यकार लक्ष्मी उप्रेतीका विषयमा चर्चा गरेका थिए ।
साहित्यकार उप्रेतीका छोरा सञ्जय उप्रेती, छोरी सविना उप्रेती पोखरेल र सरिता उप्रेती ओलीले आमाको कर्मशील जीवनको सम्मान गर्दै १५ लाख राशिको अक्षयकोष स्थापना गरेका छन् । सोही अक्षयकोषबाट आउने ब्याजले हरेक वर्ष पुरस्कार र सम्मान गर्न थालेको हो ।
View : 325
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved