Biratnagar, Morang, Nepal
१ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ कारागारभित्र खानतलासी, कैदीबन्दीको नाराबाजी

उद्‌घोष संवाददाता
१ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित मोरङ कारागारमा सोमबार बिहानैदेखि प्रहरीले खानतलासी गरेको छ ।

प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दीले कारागारभित्र भइरहेका विभिन्न अनियमितताको विरोध जनाउँदै नाराबाजी गरेका छन् ।

कारागारको ‘बी ब्लक’ मा रहेका कैदीबन्दीले कारागारभित्रको आर्थिक र मानसिक शोषण बन्द गर्न माग गरेका छन् ।

कारागारमा बिहान ४ः३० बजेदेखि सुरक्षा निकायले खानतलासी सुरु गरेको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार लागुऔषधलगायतका अवैध वस्तु कारागारभित्र लुकाएर राखिएको विशेष सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी खानतलासी गरिएको हो ।

मोरङ प्रहरी प्रमुख कवित कटवालले कारागारभित्र नियमित खानतलासी हुँदै आएको बताए ।

खानतलासीपछि केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारीसमेत रहेको जनाइएको छ । 

आन्दोलनरत कैदीबन्दीले सुरक्षाकर्मीलाई ‘बी ब्लक’ भित्र प्रवेश गर्न दिएका छैनन् । भित्रबाट तालाबन्दी गरेर उनीहरूले नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।

View : 48

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved