Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

राष्ट्रपति कप रनिङ शिल्ड आदर्श माविलाई

उद्‌घोष सम्वाददाता
१ पुष २०८१, सोमवार

विराटनगर । आदर्श माध्यमिक विद्यालयले महानगरपालिकास्तरीय १७ औं राष्ट्रपति कप रनिङ शिल्ड जितेको छ । आइतबार साँझ सकिएको प्रतियोगितामा १५ स्वर्ण, १२ रजत र १२ काँस्य गरी ३९ पदक प्राप्त गरी आदर्श मावि प्रथम हुँदै शिल्ड जितेको हो ।

यसअघि आदर्श विद्यालयले १४औं, १५औं र १६औं संस्करणको राष्ट्रपति कप जितेको विद्यालयका प्राचार्य सन्तोष पोखरेलले जानकारी दिए ।

प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र १४ काँस्यसहित २८ पदक जितेर एभरेष्ट बोर्डिंङ स्कुल दोस्रो भएको छ । त्यसैगरी ५ स्वर्ण, ७ रजत र ३ काँस्यसहित १५ वटा पदक जितेर सत्यनारायण मावि तेस्रो भएको छ । 

प्रतियोगितामा विजयी स्कुलहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । 

शुक्रबारदेखि सञ्चालन भएको  प्रतियोगितामा विराटनगर महानगर भित्रका सामुदायिक र संस्थागत गरी ६२ विद्यालयका १ हजार ४ सय बढी खेलाडी विद्यार्थी सहभागी भएका थिए ।

यसैबीच  राष्ट्रपति रनिङ शिल्ड जितेको खुशीयालीमा आदर्श माविले सोमबार विद्यालय विदा दिएको छ ।

विद्यालयले आइतबार राति आदर्श माविको फेसबुक पेजमा सूचना जारी गर्दै यस वर्ष सञ्चालन भएको १७ औं राष्ट्रपति कप खेलकुद प्रतियोगितामा विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको खुसीको अवसरमा खेलाडी विद्यार्थी र खेल शिक्षकहरूको अनुरोधलाई दृष्टिगत गर्दै पुस १ गते विद्यालयको बिहानी तथा दिवा सत्रका सम्पूर्ण कक्षाहरूको पठनपाठन बन्द रहने  जानकारी दिएको छ ।

View : 96

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved