Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

नेवि संघ मोरङका सभापति पोखरेल कुटिए

उद्‌घोष संवाददाता
१५ फागुन २०८१, बिहिवार

विराटनगर । नेपाल विद्यार्थी संघ मोरङ सभापति कुटिएका छन् । बिहीबार विहान विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसमा पुगेका उनी त्यहाँका नेवि संघसँग आवद्ध विद्यार्थीसँग छलफलको क्रममा भनावैरी भइ उनी कुटिएको बताइएको छ ।

चैत ५ गते हुन गैरहेको आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको छलफलका लागि उनी त्यहाँ पुगेका थिए । उनको नोबेल शिक्षण अस्पतालमा उपचार भैरहको जनाइएको छ ।

यसबारे नेवि संघका केन्द्रीय सदस्य लुइपाश्चर घिमिरेले फेसबुकमा स्टाटसका साथ अस्पतालको शय्यामा सुतिरहेका तस्वीर पोष्ट गरी  सभापति पोखरेल कुटिएको पुष्टि गरेका छन् ।

स्टाटसमा घिमिरेले लेखेका छन्, ‘म यो आजको खबरले स्तब्ध भएँ यो किसिमको माहोल मोरङमा । सिग्र स्वस्थ लाभको कामना जिल्ला सभापति ज्यू । प्रजातान्त्रिक सङ्गठनका कार्यकर्तालाई जिम्मेवारी बोध गराउन नसक्ने नेतृत्व राजनीतिक विषयमा हातहतियार प्रयोग गरेर मरणासन्न हुने गरी आक्रमण गर्न बीपीले परिकल्पना गरेअनुरुप ने बि संघको विकास गरियो राम्रो भयो । अझै हामी मौन रहुँ । जिल्ला सभापतिलाई कुटपिट गर्न लगाऊ संगठनलाई आफ्नो इसारामा चलाउन हर कदम लागि पर्ने अराजकताको पद्धतिलाई हावी गराउने हरुलाई यो संगठनले प्रश्रय गर्ने हो भने बुझ्नुस् यो संगठन कस्तो बन्ला ।’

View : 592

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved