विराटनगर । विश्व मुटु दिवसको अवसरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी अस्पतालकाे आयोजनामा मुटु स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनचेतनामूलक र्याली सम्पन्न भएको छ ।
मुटु रोगबाट बच्न अपनाउनुपर्ने सावधानी, स्वस्थ जीवनशैली र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे सर्वसाधारणमा सचेतना फैलाउने उद्देश्यले र्याली आयोजना गरिएको हस्पिटलले जनाएको छ ।
र्यालीमा हस्पिटलका अध्यक्ष तथा वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. वीरेन्द्र कुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा विष्ट, अपरेसनल डाइरेक्टर राजेश भट्टराई, वरिष्ठ विशेषज्ञ इन्टरभेन्शनल कार्डियोलोजिष्ट डा. निकेश राज श्रेष्ठ र डा. राजन कर्ण, वरिष्ठ विशेषज्ञ कार्डियोलोजिष्ट डा. राजिव श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी हस्पिटलका कर्मचारी, न्यूरो हेल्थ कलेजका शिक्षक तथा विद्यार्थीहरू र नेपाल हृदय रोग निवारण प्रतिष्ठानका प्रतिनिधिहरूको समेत र्यालीमा सहभागिता रहेको थियो।
कार्यक्रममार्फत मुटु रोगको जोखिम न्यूनीकरणका लागि नियमित व्यायाम, स्वस्थ खानपान, धूम्रपान तथा मद्यपानबाट परहेज र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो।
View : 35
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved