Biratnagar, Morang, Nepal
७ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

एम्बुलेन्स चालकलाई प्रशिक्षण

उद्‌घोष संवाददाता
६ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । कोशी प्रदेशअन्तर्गतका एम्बुलेन्स चालकलाई सुरक्षित सडक प्रयोग तथा ट्राफिक नियमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

स्वास्थ्य तालिम केन्द्र धनकुटाको आयोजना तथा ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सोमबार विराटनगर महानगरपालिका–११ स्थित कञ्चनजंघा पार्टी प्यालेसमा १६ जना एम्बुलेन्स चालकलाई प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा सुरक्षित सडक प्रयोग, ट्राफिक नियम तथा संकेत, रक्षात्मक ड्राइभिङ, सवारी दुर्घटनाबाट बच्ने उपाय, एम्बुलेन्स चालकको आचरण तथा व्यवहार र एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लगायतका विषयमा जानकारी दिइएको थियो ।

प्रशिक्षणका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक (प्रवनानि) सञ्जयकुमार यादवसहितको टोली खटिएको थियो । 

प्रशिक्षणको उद्देश्य एम्बुलेन्स चालकलाई जिम्मेवार, सुरक्षित र अनुशासित रूपमा सवारी सञ्चालन गर्न सक्षम बनाउनु रहेको जनाइएको छ ।

View : 169

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved