विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति आयोजना गरेको तीजोत्सव–२०८३ तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
महिला उद्यम समितिकी संयोजक श्रुति शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री गीतादेवी तिम्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री तिम्सिनाले महिला अधिकार, सशक्तीकरण र समानताका लागि महिलाहरूले गरेको संघर्ष र योगदानको चर्चा गर्दै दुर्गम तथा पिछडिएका क्षेत्रका महिलाको अवस्था सुधारमा विशेष ध्यान दिनुपर्ने बताइन् ।
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले महिलाहरू घरपरिवारमा मात्र सीमित नभई आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रूपमा अघि बढिरहेको बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, महासचिव सञ्जयकुमार श्रेष्ठ, युवा उद्यम समिति संयोजक अमित अग्रवाल, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकलगायत उद्योगी–व्यवसायी, महिला उद्यमी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।
कार्यक्रमको अन्त्यमा महिला उद्यम समिति सह–संयोजक साधना झाले धन्यवाद ज्ञापन गर्दै तीजले महिला उद्यमीबीच आपसी सद्भाव, आत्मीयता, सहकार्य र सामाजिक एकता थप मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।
View : 18
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved