Biratnagar, Morang, Nepal
१३ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

ज्येष्ठ नागरिक समाजमा डंगोल

उद्‌घोष संवाददाता
१२ असोज २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगर–१६ स्थित ज्येष्ठ नागरिक समाज रानीको अध्यक्षमा मोहनबहादुर डंगोल चयन भएका छन् । समाजको १८औं साधारणसभाले अध्यक्षमा डंगोललाई सर्वसम्मत चयन गरेको हो ।

समाजका अध्यक्ष प्रेमबहादुर क्षेत्रीको गत चैतमा निधन भएपछि अध्यक्ष पद रिक्त रहेको थियो । अध्यक्षमा चयन भएका डंगोलले संस्थाको उन्नति र विकासको लक्ष्य प्राप्तिमा आफू सँधै लागिपर्ने प्रतिवद्धता जनाएका बताए ।

साधारणसभामा समाजका सल्लाहकार पूर्वप्राध्यापक रामचन्द्र साहले स्वागत गरेका थिए भने उपाध्यक्ष उमा जोशीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

View : 32

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved