Biratnagar, Morang, Nepal
१४ भदौ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

भोटेकोशी बाढी प्रभावितलाई राहत

उद्योगी श्याम राठीबाट १३ लाख ५० हजार सहयोगको घोषणा

उद्‌घोष संवाददाता
१४ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । भोटेकोशीको विनासकारी बाढीबाट प्रभावित परिवारहरूलाई राहतका लागि विराटनगरका उद्योगी श्याम राठीले १३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

उद्योगी राठीले आफू आबद्ध दुई कम्पनी राठी केवलमार्फत ११ लाख र पल्लवी लुब्रिकेन्टमार्फत दुई लाख ५० हजार रुपैयाँ गरी जम्मा १३ लाख ५० हजार रुपैयाँ बाढीपीडित परिवारको राहतका लागि सरकारलाई प्रदान गर्ने बताएका हुन् ।

सो रकम भोटेकोशी बाढीबाट घरबारविहीन भएका व्यक्तिलाई तत्काल राहतका लागि उपयोग हुने अपेक्षा लिएको बताए । 

भोटेकोशी बाढीपछि विराटनगरका उद्योगी व्यवसायीले प्रधानमन्त्री राहत कोषमा ठूलो मात्रामा आर्थिक सहयोग गरिरहेका छन् । 

करीव सात सय मानिसको ज्यान गइसकेको भोटेकोशी बाढीपछि निजी क्षेत्रले राज्यप्रतिको कर्तव्यका रुपमा आर्थिक तथा खाद्यान्न सामग्री सहयोग गर्दै आएका छन् ।

View : 51

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved