विराटनगर । मेरुदण्डमा समस्या भएकाहरुको लागि पुनर्स्थापना गर्नका लागि खुलेको संस्था स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्र साँगा (भक्त्तपुर)को पहलमा तेइसौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।मेरुदण्डमा भएको चोट, क्षति अर्थात समस्याहरुको लागि कार्यरत संस्थाहरु सञ्जाल एक्सन (स्पाइनल कर्ड इन्जुरी नेटवर्क) को सो सम्मेलन सोमबार काठमाडौंमा सम्पन्न भएको हो ।
सो सम्मेलन प्रत्येक वर्ष फरक–फरक एशियाली देशमा हुने गरेको छ । नेपालमा यो चौथो पटक आयोजना गरिएको हो ।
नेपालमा आयोजित सम्मेलनमा अमेरिका, बंगलादेश, आयरल्यान्ड, श्रीलंका, इन्डोनेसिया लगायतका १५ देशहरुका पुनर्स्थापना सम्बन्धि प्राविधिक र कार्यकर्ताहरुको सहभागिता थियो ।सो कार्यक्रममा विभिन्न मेरुदण्ड सम्वन्धि विभिन्न अनुसन्धानात्मक प्रस्तुति, छलफल, तालिमहरुसहित व्हीलचेयर प्रयोगककर्ताहरूको बास्केटबल प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
सो सम्मेलनमा कोशी प्रदेशबाट सीबीआर विराटनगनरबाट अम्बिका शर्मा र रिङ्की अधिकारी र गोर्खा वेलफेयर ट्रस्टबाट गिरेन्द्र यादवसहित तीन जनाले सहभागिता जनाएका थिए ।
View : 69
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved