विराटनगर / विराटनगरमा दुईदिने नमूना युवा संसद अभ्यास सम्पन्न भएको छ । संवाद फाउण्डेशन मोरङले दुई दिवशीय नमूना युवा सांसद अभ्यास शुरु गरेको हो । शनिवार नेपाल कांग्रेस, कोशी प्रदेश सभा प्रवक्ता शोभा चेम्जोङ पालुङ्वाले सो कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
युवालाई देशको संविधान, नियम, कानून, संसदीय व्यवस्था र अनुशासन सिकाई भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि यस्तो संसद गठन गरिएको छ ।
संवाद फाउण्डेशनले युवाहरुको नेतृत्व विकास र क्षमता विकासका लागि नमूना युवा संसद विभिन्न प्रदेशमा सञ्चालन गर्दै आएको छ ।
युवाहरुले दीगो विकास लक्ष्य, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघीयता, शान्ति सुरक्षा, रोजगारी लगायतका युवाका मुद्दा आदि विषयमा बहस तथा नमूना संसद भवन तयार पारेर नाटकसमेत प्रस्तत गरेका थिए ।
दुई दिनसम्म चल्ने नमूना युवा सांसद अभ्यासका विभिन्न सत्रमा पूर्वाञ्चल विश्वविद्यालय कानून संकायका डिन प्राडा अनिलकुमार पोखरेल, पूवि. कानून कलेजका संयोजक महेश निरौला, त्रिवि. मैथिली केन्द्रीय विभागका पूर्व प्रमुख प्राध्यापक परमेश्वर कापडी, नीता प्याकुरेल, कुमार पृथु, राजकुमार बास्तोला, नवराज पाण्डे, प्रभाष झा, प्रशिक्षक राँकी साह, संवाद फाउण्डेशन मोरङका अध्यक्ष सुनिल यादव लगायतले सहजीकरण गरेका थिए ।
View : 602
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved