विराटनगर । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत मोरङ जिल्लाको विराटनगर–१२ को वडा सभापति पदमा डेडराज दाहाल विजयी भएका छन् । सभापतिका लागि भएको निर्वाचनमा दाहालले १९० मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी अजितकुमार शर्माले १३५ मत प्राप्त गरे । उपसभापति पदमा दुर्गा अधिकारी निर्विरोध निर्वाचित भइन् भने मतदानबाट जीवन चौधरी थारु १५८ मत प्राप्त गरी उपसभापतिमा विजयी भए । उपसभापतिका प्रतिस्पर्धी अशेश्वर साहले १३९ मत पाए ।
यसैगरी, सचिव पदमा विनोदराज रजक १७४ मत प्राप्त गरी विजयी बन्दा राजिव अर्यालले १३२ मत पाए । सहसचिव पदमा १५१ मतका साथ केदारनाथ ढकाल विजयी भए भने विक्रम राजवंशीले १३२ मत प्राप्त गरे ।
वडा सदस्यहरूमा बम राजवंशी, प्रकाशकुमार सरदार, उत्तमराज ढकाल, झमकबहादुर खड्का, ओमलाल कामत, श्रीप्रसाद यादव निर्विरोध चयन भए । उता दलित सदस्य पदका लागि भएको निर्वाचनमा अजय मोची १३६ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी छेदी मुसहरले ११० मत प्राप्त गरे ।
विराटनगर–१२ बाट ४७ जना क्षेत्रीय प्रतिनिधि चयन
नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. १२ बाट प्रत्यक्ष र समानुपातिक गरी कुल ४६ जना क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् ।
जसअनुसार खुलातर्फ २० जना, महिलातर्फ ७ जना, युवा खुलातर्फ ४ जना, युवा महिलातर्फ १ जना, पेशागत विज्ञतर्फ १ जना, दलिततर्फ २ जना र श्रमिकतर्फ १ जना, आदिवासी जनजाति २ जना, खसआर्य ३, मधेशी ३, मुस्लिम १ र अल्पसंख्यक १ र अन्य १ गरी जम्मा ४६ जना क्षेत्रीय प्रतिनिधि बनेका हुन् ।
खुलातर्फ ज्ञानेन्द्र राजवंशी, महेश हमाल, हरिनारायण यादव, खेमराज पोखरेल, अशोककुमार राजवंशी, गणेशप्रसाद निरौला, राजेन्द्रप्रसाद पोखरेल, यादवकुमार खड्का, गोविन्दप्रसाद ढुंगेल, हरिप्रसाद भट्टराई, गोविन्दप्रसाद बडाल, तोयानाथ घिमिरे, गोविन्द पराजुली, धीरेन्द्रकुमार राजवंशी, प्रकाश रायमाझी, सञ्जयकुमार राउत, सुरेशकुमार अधिकारी, विष्णुबहादुर दाहाल, सावनकुमार दास र कमल लामा तामाङ छन् ।
महिलातर्फ सरिता धिमाल, लक्ष्मी अधिकारी, मुना बुढाथोकी, रमिला कोइराला, रिताकुमारी पोखरेल, शिला नेपाल र सुमित्रा अधिकारी चयन भए । यसैगरी युवा खुलातर्फ सतिष यादव (नुनु), नेहा झा, रामसिंह यादव र सुदिप शाक्य तथा युवा महिलातर्फ रक्षा यादव सर्वसम्मत चयन भए ।
त्यस्तै पेशागत विज्ञबाट ज्ञानेन्द्र खड्का, दलिततर्फ चन्देश्वर दास र गायत्रीदेवी दास र श्रमिकबाट बाबुराम कट्टेल क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भए ।
आदिवासी जनजातिबाट रमेशकुमार श्रेष्ठ र शान्ताकुमारी चौधरी, खसआर्यबाट नवराज कोइराला, लक्ष्मीदेवी भट्टराई, शिवप्रसाद पराजुली शिशिर, मधेशीबाट जिवछप्रसाद मण्डल, लोचन सहनी र निरज कामत छन् । मुस्लिमबाट मोहम्मद मञ्जर आलम मियाँ र अल्पसंख्यकबाट किशोरकुमार माली क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । यसैगरी रिकाकुमारी राम नगर प्रतिनिधिमा चयन भएकी छन् ।
View : 498
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved