विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन विराटनगरको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूको सोमबार पदस्थापन भएको छ ।
नवनिर्वाचित पदाधिकारी र कार्यसमितिहरूलाई प्रमुख निर्वाचन आयुक्त डा उद्धव पोखरेलले पदस्थापन गरे ।
प्याब्सन विराटनगर महानगरको तेस्रो अधिवेशनबाट अध्यक्षमा अर्जुन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
श्रेष्ठ विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका प्राचार्य पनि हुन् । उनी यसअघि प्याब्सन विराटनगरका उपाध्यक्ष थिए ।
यसैगरी नयाँ कार्यसमितिको उपाध्यक्षमा अशोक लामा, सचिवमा चिरिञ्जीवी तिम्सिना, कोषाध्यक्षमा गोपालप्रसाद रिजाल, सहसचिवमा दिनेश ढुंगाना र सहकोषाध्यक्षमा देवीलाल महतो चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा सीमा अग्रवाल, विजयकुमार सिंह, भानु भट्टराई, ईश्वरीप्रसाद मिश्र छन् ।
पदस्थापन कार्यक्रममा प्याब्सनका् राष्ट्रिय प्रमुख सल्लाहकार टीकाराम पुरी, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष प्रेललासिंह सुवाल लागयतको उपस्थिती रहेको थियो ।
View : 92
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved