Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब सेमिफाइनलमा

उद्‌घोष सम्वाददाता
५ फागुन २०८१, सोमवार

इटहरी । न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै सगरमाथा युथ क्लब १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरी रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा सगरमाथाले बुढासुब्बा गोल्डकप च्याम्पियन एनआरटीमाथी १–० को संघर्षपूर्ण जीत हात पार्याे । सगरमाथाको जीतमा बिदेशी खेलाडी रिचार्डले निर्णायक गोल गरे । एनआरटीको कमजोर रक्षापङ्तीको फाइदा उठाउँदै खेलको सुरूवाती छैटौ मिनेटमा उनले गोल गरेका थिए । 

निर्णायक गोल गरेका उनी खेलको उत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार रूपैयाँ हात पारे । 

यो जीतसँगै सेमिफाइनल प्रवेश गरेको दुई पटकको च्याम्पियन सगरमाथाले मंगलबार हुने चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लबबीचको अन्तिम क्वाटरफाइनल खेलको बिजेतासँग बिहीबार सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

सोमबारको तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लब र झापा ११ फुटबल क्लबबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । 

फागुन १० गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने छन् ।

View : 118

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved