Biratnagar, Morang, Nepal
१८ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

विश्वकप फुटबल : एम्बाप्पेको जादुमयी गोलको मद्दतले फ्रान्स अन्तिम १६ मा

उद्‌घोष संवाददाता
१७ असार २०८३, बुधवार

Advertisement

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज राती भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्यो ।

फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले जादुमयी गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे ।

अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ । अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

साथै आजै बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुँदैछ ।

View : 46

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved