नुवाकोटको रसुवा भएर बग्ने भोटेकोशीमा गत, भदौं गते आएको महाविनासकारी बाढीमा मृत्युवरण भएका व्यक्तिको आत्माको शान्ति एवम् भविष्यमा कुनै किसिमका विपत्त नआउन भनि कामनासहित अप्पन ब्राह्मण समाज विराटनगरले शिवपार्थिव पूजन र रुद्राभिषेक धार्मिक विधिपूर्वक शनिवार सम्पन्न गरेको छ ।
विराटनगर –१३ कोशी प्रोजेक्टस्थित श्रीसिद्देश्वर महादेव मन्दिरमा ६५ हजार पार्थिव महादेवको विधिवत पूजन गरिएको सो समाजका महासचिव सुजितकुमार चौंधरीले जानकारी गराए ।
देश र समाजको कल्याण एवम् सुश शान्तिका उद्देश्यका साथ साउन वा भदौं महिनामा उक्त मन्दिरमा पार्थिव शिव पूजन एवम् रुद्राभिषेक सो समाजले गर्दै आएको छ ।
तर, यसपटक भदौं १० गतेको महाविपतमा ज्यान गुमाएका सयौं व्यक्तिको आत्माको शान्ति र मुलुक एवम् विश्वमा यस किसिमका विपत नआओस् भनेर आराध्यदेव महादेव (श्रीपशुपतिनाथ)काे विशेष पूजापाठसमेत गरिएको सो समाजका सल्लाहकार वीरेन्द्र झा (विरु सर)ले बताए ।
सो समाजका अध्यक्ष अमरकुमार झाले विगत ६ बर्षदेखि सो मन्दिरमा शिवपूजन विधिपूर्वक सम्पन्न गराउनमा समाजकी महिला, युवालगायतले गरेको योगदान एवम् सिद्देश्वर महादेव मन्दिरका समितिको सहयोगप्रति धन्यवाद प्रकट गरे ।
साे अनुष्ठानलाई सम्पन्न गराउनमा मुख्य आचार्य धर्मेन्द्रनाथ मिश्र र उनको सहायक पण्डितमा सर्वश्री दूर्गानन्द झा, अरुण ठाकुर, हरेकृष्ण झा र अभिशेक झा थिए ।
सो पूजामा यजमानको रुपमा प्रभाषचन्द्र झा, आलोक मिश्र, शतिशचन्द्र झा, प्रकाशनारायण झा, डा. प्रमोदकुमार झा, सञ्जय झा र मोहन झा थिए ।
विहान १० बजेदेखि विधिवत रुपमा शुरु भएका पूजा बेलुकी साढे ९ बजे सम्पन्न भएको थियो । सो समाजका महिलाहरुले शुद्ध माटोलाई दलेर पार्थिव महादेव निर्माण गरेका थिए ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved