विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित निसेलुङ पार्कको उल्टो घरले छोटो समयमै ख्याती कमाएको छ ।
गत कात्तिक १९ गते युवा तथा खेलकुद संघीयमन्त्री डिकबहादुर लिम्बूले उद्घाटन गरेको सो पार्कले पर्यटक तान्न थालेको छ । सो पार्कमा कार्यरत कर्मचारी प्रकाश लिम्बूका अनुसार आन्तरिक पर्यटकहरूको भीड बढ्दै गैरहेको छ ।
सो पार्कको निर्माण तत्कालीन टाँडी गाविसको २ लाख, डिकबहादुर लिम्बूबाट सांसद विकास कोशको रकम १० लाख, सो वडाका अध्यक्ष खगेन्द्र मादेनबाट २५ लाख, मिक्लाजुङ गाउँपालिकाबाट १० लाख, प्रदेश सांसद कुलप्रसाद सम्बाबाट प्रदेश सांसद विकास कोशको रकम ३१ लाख २५ हजार र जनसमुदायबाट १५ लाख ६५ हजारबाट भएको हो ।
पार्क निर्माणका लागि स्थानीय शेरबहादुर लिङ्देनले सात रोपनी, वृखबहादुर साम्बाले तीन रोपनी, बृद्धिमान जबेगुले पाँच आना जग्गा दिएका थिए । सोही जग्गामा पार्क निर्माण गरिएको हो ।
सो पार्कमा पुग्न उर्लाबारी, मधुमल्ला, लेटाङबाट जान सकिन्छ । पार्क जान केही असहज भए पनि उल्टो घरको चर्चा सुनेकाहरू सो ठाउँमा जान थालेका छन् । छोटो अवधीमै मानिसको भीड बढ्न थालेको छ ।
View : 419
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved