Biratnagar, Morang, Nepal
२२ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

सलकपुरमा खानेपानी चुनावको सरगर्मी

सलकपुर खानेपानीको जेठ २४ गते निर्वाचन तोकिएको छ । हालसम्म स्वतन्त्र, प्रगतिशील र लोकतान्त्रिक गरी ३ वटा समूहले अध्यक्षसहित प्यानलै उम्मेदवारी घोषणा गरेर चुनावी प्रचार तीब्र पारेका छन् ।
मणिराम दाहाल
२० जेठ २०८२, मङ्गलवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । 

विभिन्न पार्टी र समूहका उम्मेदवारहरू यति बेला खानेपानीको नेतृत्व आफनो पक्षमा पारेर अघि बढ्ने दाउमा देखिन्छन् । 

सलकपुर खानेपानीको जेठ २४ गते निर्वाचन तोकिएको छ । हालसम्म स्वतन्त्र, प्रगतिशील र लोकतान्त्रिक गरी ३ वटा समूहले अध्यक्षसहित प्यानलै उम्मेदवारी घोषणा गरेर चुनावी प्रचार तीब्र पारेका छन् । 

सलकपुर स्वतन्त्र युवा समूहबाट अध्यक्षमा रामकुमार तामाङको टिम उम्मेदवारी घोषणा गरेर अघि बढेको छ । 

उनले संस्थालाई नयाँ ढंगबाट सञ्चालन गरेर खानेपानीको विस्तार गरी राम्रो सरसफाइको लागि समेत आफनो उम्मेदवारी रहेको उल्लेख गरेका छन् । 

तामाङले खानेपानी कार्यालयलाई कुनै पनि राजनीतिक दलको कार्यालय वा कार्यकर्ता भर्ती केन्द्र जस्तो प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गरी उपभोक्ता सेवा केन्द्रको रूपमा विकास गर्ने लगायतका प्रतिवद्वता व्यक्त गरेका छन् ।  

चुनावमा  स्वतन्त्र उम्मेदवार तामाङको समूहबाट  उपाध्यक्षमा नगेन्द्र अधिकारी(निलम), सचिवमा सुरेश दाहाल, सहसचिवमा चिरञ्जीवी सुवेदी(सुनील) र कोषाध्यक्षमा पृथ्वीमान नेपाली उम्मेदवार रहेका छन् ।

सदस्यहरूमा रेवत रायमाझी, कविता लुईंटेल राई, तिलमाया अधिकारी, रोशन कार्की, राजेन्द्रप्रसाद ढकाल र देवेन्द्र भट्टराई उमेदवार रहेका छन् ।

लेखा तथा सुपरिवेक्षण समितिका उमेद्वारमा  डेगिन्द्रप्रसाद सुवेदी संयोजक र सदस्यमा गहनु चाैधरीले उमेदवारी घाेषणा गरेर चुनावी प्रतिष्पर्दाका लागि अगाडि बढेका छन् ।

यसैगरी प्रगतिशील समूहको तर्फबाट अध्यक्षमा रामप्रसाद लुईंटेलको समूहले उम्मेदवारी घोषणा गरेका छन् । लुईंटेल समूहले पानी जस्तो संवेदनशील विषय सबैको पहुँचमा पुगोस् भन्ने संकल्प व्यक्त गरेका छन् । 

प्रगतिशील समूहले अबको आवश्यकता सफा पानी मात्र होइन, सफा समिति पनि हो भन्ने अपिल गर्दै आफूहरू वाचा मात्र होइन, जिम्मेवारी पूरा गर्ने नेतृत्वको परिकल्पना लिएर अघि बढेको बताएका छन् । 

अध्यक्ष पदका उमेदवार लुईंटेलले दैनिक गुणस्तर परीक्षण सहित पानी वितरण गरी हरेक दिन दक्ष प्राविधिकद्वारा प्रयोगशालामा परीक्षण गरिएको शुद्व पानी मात्र वितरण गरिने तथा पाइपलाइन विस्तार गरी सबैका घरमा समान सेवा पुुुर्याउने  लगायतका प्रतिबद्वता व्यक्त गरेका छन् । 

चुनावमा प्रगतिशील टिमका अध्यक्षका उम्मेदवार लुईंटेल समूहबाट उपाध्यक्षमा दोर्ण शिवा, सचिवमा घनिन्द्र न्यौपाने, सहसचिवमा ज्ञानबहादुर सुवेदी र कोषाध्यक्षमा गंगाबहादुर अधिकारी उम्मेदवार रहेका छन् । 

सदस्यहरूमा लिलाप्रसाद दाहाल, पुष्पराज काफ्ले, बद्रि ढकाल, सुनिता घिमिरे, भानुदेवी पाण्डे र दुर्गाप्रसाद चौलागाई उम्मेदवार छन् ।

सो समूहबाट लेखा समितिमा कमलप्रसाद गुरागाई संयोजक तथा सदस्यमा विष्णु प्रसाईं र लक्ष्मीप्रसाद अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै लोकतान्त्रिक समूहबाट श्यामप्रसाद ढकालको नेतृत्व चुनावी मैदानमा छ । पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरीय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी भन्ने नारासहित सो समूह चुनावी मैदानमा  अगाडि बढेको छ । 

अध्यक्ष पदका उम्मेदवार ढकालले पुरानो पाइपलाइनहरूलाई प्रतिस्थापन गरी नयाँ पाइपलाइन विस्तार गर्ने र त्यसका लागि अनुदान सहयोग व्यवस्थापन गरेर सर्वसुलभ रूपमा  एकघर एक धारा पुर्याउने लगायतका प्रतिबद्वता  जनाएका छन् ।

ढकाल समूहबाट उपाध्यक्षमा दीपक गुरूङ, सचिवमा उद्ववप्रसाद अधिकारी, कोषाध्यक्ष सावित्रा पोखरेल, सहसचिवमा दिनानाथ अधिकारी(दिपेन) उम्मेदवार छन् । 

सदस्यहरूमा बबिता कार्की अधिकारी, लक्ष्मी भण्डारी, ज्ञानबहादुर खड्का, राजु बरूवाल, मनबुल मिया र सिलास उराउ उम्मेदवार छन् । लेखा समितिको उम्मेदवारमा संयोजक सरोज भट्टराई, सदस्य कपिल पोखरेल  र मन्दिरा थापा रहेकाछन् ।

दुई वर्ष ढिलो गरेर ६ वर्षपछि हुन लागेको सलकपुर  खानेपानीको चुनावमा सदस्य सहित ११ जाना उम्मेदवार रहने साथै लेखा समिति ३ गरी  १४ जानाको ४ वर्षका लागि नयाँ कार्यसमिति बन्नेछ ।

हालसम्म नगरको ७, ८, ९ र ११ वडाको लागि सलकपुर खानेपानीले सुविधा दिएको छ ।

१८ हजार रूपैयाँ धरौटी तिरेर मात्र खानेपानीको सेवा पाउँदै आएका यहाँका  उपभोक्ताहरू महङ्गो महसुलले असन्तुष्ट भएका छन् ।  हाल सलकपुर खानेपानीबाट २५ सय ४८ घरधुरी लाभान्वित छन् । खानेपानीको दुईवटा टंकीमा ६ लाख ७५ हजार लिटर पानी भण्डारण क्षमता रहेको छ ।

चुनाव नजिकिदै जाँदा खानेपानीको नयाँ नेतृत्वका लागि उम्मेदवारहरू आ–आफनो समूह बनाएर उपभोक्तासँग मत माग्दै घरदैलो अभियानमा छन् ।

View : 219

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved