Biratnagar, Morang, Nepal
२७ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

पब्लिक स्टार सहकारीको साधारणसभा सम्पन्न

उद्‌घोष संवाददाता
२५ असोज २०८३, आइतवार

Advertisement

विराटनगर  ।  पब्लिक स्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, विराटनगर–१३ को २४ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको  छ ।


साधारणसभामा उत्कृष्ट समाजसेवी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता र असल ऋणीलाई  सम्मान गरिएको थियो ।

 साथै, शेयर सदस्यका सन्तानलाई पनि  शैक्षिक सम्मान गरिएको थियो । 


सो अवसरमा डा उद्धवप्रसाद पोखरेलसहित नौजनालाई  विशिष्ट सेवा सम्मान गरिएको थियो ।

कार्यक्रममा मोरङ क्षेत्र नं ५ की सांसद आशाकुमारी झा, राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेल, कोशी प्रदेश सहकारी संघका अध्यक्ष डा डिल्ली पोखरेल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष राकेश दाहाल, मोरङ क्याम्पसका सहायक प्रमुख रवि रोका, स्टार आवासीय माविका महेन्द्र मण्डल लगायतले सहकारीले पु-याएको योगदान बारे चर्चा गरेका थिए । 

 

View : 237

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved