Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

ग्रामथान संरक्षण समिति विराटनगरको अध्यक्षमा तिलक राजवंशी

२० माघ २०८०, शनिवार

Advertisement

विराटनगर । परापूर्व कालदेखि कुल देउताको रुपमा पुजा हुँदै आएका ग्रामथानहरुमा विभिन्न क्षेत्रबाट अतिक्रमण भएपछि सरोकार राख्ने समुदाय संगठित भएर संरक्षणको अभियान थालेका छन् । 
ग्रामथान संरक्षणका लागि शनिबार विराटनगरमा तिलक राजवंशीको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको हो । 

विराटनगर–५ स्थित कोचाखालमा ग्रामथान संरक्षण समिति मोरङका अध्यक्ष चन्द्रप्रसाद राजवंशीको नेतृत्वमा भएको भेलाले तिलक राजवंशीको अध्यक्षतामा महानगर तदर्थ समिति गठन गरेको जनाइएको छ । 

समितिको उपाध्यक्षमा विरनारायण थान्दार, सचिवमा रामसून्दर राजवंशी, सहसचिवमा पन्नालाल राजवंशी र कोषाध्यक्षमा राजकुमार चौधरीलाई चयन गरेको छ । 

सदस्यहरुमा पवन राजवंशी, रामप्रसाद राजवंशी, रामचरण चौधरी, हरेन्द्र साह, गयाराम माझि थारु र जगदिश राजवंशी चयन भएका हुन् । 

नवगठित समितिले विद्यालय, संघ–संस्था, व्यक्तिलगायतका विभिन्न क्षेत्रहरुबाट ग्रामथान अतिक्रमण भएको भन्दै अतिक्रमित ग्रामथानहरुको संरक्षण गर्न पहल गर्ने अध्यक्ष तिलक राजवंशीले बताए । उनले सुनसरी र मोरङका ग्रामथानहरुको संरक्षणका लागि क्रमशः संरक्षण समितिहरु बन्दै गइरहेको जानकारी दिए ।
 

View : 191

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved