सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा कोशी प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, कोशी प्रदेश भलिबल संघको प्राविधिक सहयोग तथा शान्तिदीप नेपालको आयोजनामा प्रतियोगिता असार १८ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता इनरुवास्थित मधेसामा रहेको कबर्ड हलमा रात्रिकालीन समयमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा दुई विभागीय टोली एपीएफ, नेपाल पुलिस तथा झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ र आयोजकको तर्फबाट सुनसरी भलिबल टेनिङ सेन्टर गरी ८ टोलीको सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
प्रतियोगितामा कोशी प्रदेशभित्रका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् भने प्रत्येक टोलीमा अन्य प्रदेश वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलेका बढीमा तीन जना खेलाडी समावेश गर्न पाइने व्यवस्था गरिएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजारसहित ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै उत्कृष्ट खेलाडीलाई १० हजार तथा बिधागत उत्कृष्टलाई जनही ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रदेशस्तरमा आयोजना हुन लागेको यस प्रतियोगिताले भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको प्रतियोगिता संयोजक राजकुमार चौधरीले जानकारी दिए ।
View : 49
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved