Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योग वाणिज्य महासंघको छैटौं सभा सम्पन्न

उद्घोष सम्वाददाता
१ फागुन २०८०, मङ्गलवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको छैटौं प्रदेश सभा सम्पन्न भएको छ । सोमबार विराटनगरमा आयोजित सभाको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पांग्रा भएको बताए । उनले साझेदार छुटिएर जानसक्छ तर पांग्रा छुट्टिदा रथ चल्न नसकेजस्तै सरकार र व्यवसायीबीचको अवस्था रहेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको दिगो विकासका लागि महासंघको सभाले ठोस पहल गर्नेमा आफूले विश्वास लिएको बताए । मुख्यमन्त्री कार्कीले उद्योग व्यवसायीको ध्यान उद्योगधन्दामा भन्दा राजनीतिमा बढी जाने गरेको बताए । 

‘तपाईहरु कि राजनीति गर्नुहोस् कि व्यवसाय, दुईतिर हातहाल्यो भने सफल हुँइँदैन्’ मुख्यमन्त्री कार्कीले झने, ‘व्यवसायको लागि दक्ष जनशक्तिको आवश्यत्ता रहेको हुँदा प्रदेश सरकारले महिला र युवालाई उद्यमी बनाउने अभियान चलाएको छ, प्रदेशको उद्यमशिलतालाई अगाडि बढाउन उद्योग दर्ता सम्बन्धी नियमावली ल्याएर अनलाइनबाट नै उद्योग दर्ता, नवीकरणलगायतको काम सुरू भइसकेको छ ।’

सभामा महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्रले विश्वमा राजनीतिमा देखिएको भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतार चढाव, युद्ध र कोभिड–१९ जस्तो महामारीका कारणले अधिकांश देशहरुझैं नेपालको अर्थतन्त्र प्रत्यक्ष प्रभावित भएको बताए । 

उनले सरकारले बजेट बक्तव्यमार्फत चालु आर्थिक वर्ष २०८०–८१ मा ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेकोमा वास्तविक बृद्धिदर ३.९ प्रतिशतमै सीमित हुने आशंका व्यक्त गरे । सरकारले हटाएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारण नेपालको अर्थतन्त्रको बृद्धिदर ३.९ प्रतिशतसम्म हुने विश्व बैंकले समेत प्रतिवेदन सार्वजनिक गरेको उनले बताए ।

राउतले आयात र निर्यातबीच देखिएको गहिरो खाडलका कारण मुलुकको आन्तरिक उत्पादन बृद्धि गर्नुपर्ने बाध्यकारी अवस्था रहेको बताए ।

सभामा महासंघ सम्वद्ध १४२ वटा एसोसिएट, ३९ वटा जिल्ला नगर र १४ वटा बस्तुगत संघहरुबाट सभा सदस्यहरुको उपस्थिति रहेको थियो । सभालाई उद्योगी व्यवसायी क्षेक्र सम्वद्ध व्यत्तिहरु, नेपाल सरकार र प्रदेश सरकारका उच्च पदस्थ अधिकारीहरुले शुभकामना दिएका थिए ।

View : 168

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved