दुहबी : महेन्द्र मेमोरियल एकेडेमी दुहबीको आयोजनामा विज्ञान प्रदर्शनीको गरिएको छ । महेन्द्र मेमोरियल एकेडेमीका प्रिन्सिपल निश्चलराज शाक्यले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा र क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रयोगात्मक शिक्षाका रुपमा प्रदर्शनी आयोजना गरेको बताए ।
प्रदर्शनीमा एकेडेमीका २ कक्षादेखि १० कक्षामा अध्ययनरत विद्यार्थीहरूले विभिन्न किसिमका रोबर्ट, रकेट, सिटीको नमूना, सेन्सर सेक्युरिटी, रिमोट कन्ट्रोल कार, सेन्सर डष्टबिन, वाटर पम्प, जलवायु परिवर्तनले पारिरहेका असर, पृथ्वीको इकोसिष्टम, हाइड्रोलिक उपकरणहरू, डोजर सेन्सर लाइट लगायतका विषयमा प्रदर्शनी गरेका थिए ।
उनीहरूले आफूले प्रदर्शनीमा राखेका विषयका बारेमा अवलोकनकर्ताहरूलाई व्याख्या समेत गरेका थिए ।
दुहबी नगरपालिका शिक्षा शाखा प्रमुख निलमणि खनालले उक्त विज्ञान प्रदर्शनीको समापन गरेका थिए ।
View : 491
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved