Biratnagar, Morang, Nepal
२० असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एक रुपैयाँका सिक्का टकमारी गर्दै राष्ट्र बैंक

उद्‌घोष संवाददाता
१९ असोज २०८३, सोमवार

Advertisement

विराटनगर । नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का टकमारी गर्ने प्रक्रिया अघि बढाएको छ । 

बैंकले सिक्काको डिजाइन, टकमारी, आपूर्ति तथा डेलिभरीका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य ठहरिएका अन्तर्राष्ट्रिय सिक्का टकमारी कम्पनीहरूबाट बोलपत्र माग गरेको जनाएको छ । बोलपत्र एक चरणको दुई खाम प्रणालीबाट आह्वान गरिएको छ ।

इच्छुक कम्पनीले नोभेम्बर २ सम्म बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन् भने नोभेम्बर ३ दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ ।

बोलपत्रमा सहभागी कम्पनीले कम्तीमा १ लाख ४८ हजार अमेरिकी डलरको जमानत पेस गर्नुपर्नेछ भने बोलपत्र १२० दिनसम्म मान्य हुनुपर्नेछ ।

राष्ट्र बैंकको पूर्वयोग्यता प्रक्रियाबाट चीन, रुस, पोल्यान्ड, स्लोभाकिया, क्यानडा र नेदरल्यान्ड्सका ६ कम्पनी छनोट भएका छन् ।

View : 30

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved