Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

विराट गोल्डकप २०८१ :

उद्घाटन खेलमा आयोजक रिजाल्को मोरङ एफसी विजयी

उद्‌घोष सम्वाददाता
२० फागुन २०८१, मङ्गलवार

विराटनगर । सोमबारदेखि सुरु भएको विराट गोल्डकपको उद्घाटन खेल तनावपूर्ण बनेको छ । तनावका बिच आयोजक रिजाल्को मोरङ एफसीले विजयी सुरुवात गरेको हो । आमन्त्रित भारतको साउथर्न समिति फुटबल क्लव कोलकतालाई आयोजक रिजाल्को मोरङ एफसीले ३–२ गोल अन्तरले पराजित गरेको हो ।

मौसम लिम्बुको निणार्यक गोलले आयोजक रिजाल्को मोरङ एफसी विजयी बनेको हो । विराटनगरस्थित सहिद मैदानमा भएको रात्रिकालीन विराट गोल्डकपको पहिलो खेलको पहिलो हाफमा दुवै टोलीले २–२ गोल गर्दै रोमाञ्चक मोडतिर पुर्‍याएका थिए ।

पाहुना टोली साउथर्न समितिका दुई खेलाडीले पहिलो हाफको अन्त्यतिर रातो कार्ड भेटेर बाहिरिएपछि  खेल केहीबर तनावपूर्ण बनेको थियो । ९ खेलाडीमा सिमित बनेको साउथर्न समितिले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि आयोजकलाई असमर्थ बन्यो ।

पहिलो हाफको ११ औं मिनेटमा आयोजकका अभिषेक गुरूङले गोल गर्दै अग्रता दिलाए । त्यसको चार मिनेटमै साउथर्नका सुदिप्त हाल्डेनले गोल फर्काए ।

३८ औं मिनेटमा साउथर्नकै अनिमेसले हेड गरेको बल आयोजकको गोलपोष्टको बाटो समातेपछि अग्रता बनायो । २–१ को अवस्थामा पुगेको आयोजक रिजाल्को मोरङले पेनाल्टीको अवसर सदुपयोग गर्दै दोर्जे तामाङको गोलबाट खेल २–२ को बराबरीमा पुगेको थियो ।

आयोजकलाई ८९ औं मिनेटमा मौसम लिम्बूले गोल गर्दै टिमका लागि जीत सुनिश्चित गरेका थिए । उनी प्लेयर अफ म्याच घोषित भए ।

यसैबीच, सोमबार साँझ प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ । नवौं संस्करणको यो गोल्डकपमा भारतका दुई टोलीसहित ‘ए’ डिभिजनका १० टिमबीच खेल सुनिश्चित भइसकेको छ । 
विजेताले ११ लाखसहित ट्रफी उचाल्ने छन् ।  

आज मंगलबारको खेल भारतकै सुभेदा दिल्ली फुटबल क्लव र सशस्त्र प्रहरी बल एपीएफबीच हुने गोल्डकप संयोजक नवीन रिजालले जानकारी दिए ।

View : 139

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved