विराटनगर । विराट व्यापार संघले मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
सोमबार विराट व्यापार संघका अध्यक्ष प्रमोदकुमार अग्रवाल लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहसहित पदाधिकारी, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा महिला उद्यम समिति संयोजक र सदस्यहरूलाई संघमा स्वागत गरेका हुन् ।
कार्यक्रममा विराट व्यापार संघका पदाधिकारी तथा सदस्यहरूले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै उद्योग तथा व्यापार क्षेत्रको विकास, व्यवसायीका साझा समस्या समाधान र दुई संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
मोरङ उद्योग व्यापार संघको नयाँ नेतृत्वलाई स्वागत गर्दै विराट व्यापार संघले आगामी दिनमा व्यवसायीको हकहित तथा उद्योग–व्यापार क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
View : 50
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved