Biratnagar, Morang, Nepal
५ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

प्रोमोशनल गीतले विवादमा आएको ‘मास्टर्नी’ को प्रदर्शन आजदेखि

उद्‌घोष संवाददाता
५ भदौ २०८३, शुक्रवार

Advertisement

काठमाडौं । आज (शुक्रबार) देखि फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्म भदौ ५ अर्थात आजदेखि प्रदर्शनमा आएको हो ।

आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागि आमाले के सम्म गर्न सक्छिन् भन्ने कथामा तयार भएको फिल्म हो । तर यहि कथालाई देखाउनुको साटो फिल्म प्रोमोशनका लागि भन्दै सार्वजनिक गरिएको गीत नै विवादित बनेपछि फिल्म के हुन्छ भन्ने अन्याैल पनि देखिएको छ । 

प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दिपकराज गिरि, दिपाश्री निरौला लगायतका कलाकारले यो फिल्ममा अभिनय  गरेका छन् ।

सुवेन्दु घोषले निर्देशन गरेकोफिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका छन् । 

सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेको फिल्मको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन् ।

View : 51

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved