Biratnagar, Morang, Nepal
९ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

हिज्जे प्रतियोगितामा सुविजीमुरका विद्यार्थी उत्कृष्ट

उद्‌घोष संवाददाता
९ भदौ २०८३, मङ्गलवार

Advertisement

सुन्दरहरैँचा । सुन्दरहरैँचा–१२, विराटचोकस्थित सुविजीमुर मेमोरियल सेकेण्डरी स्कुलका चार विद्यार्थीले प्याब्सन मोरङ जिल्लास्तरीय स्पेलिङ कन्टेस्ट (हिज्जे प्रतियोगिता) मा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

विद्यालयका पोषण दाहाल, अमाइरा सरदार, प्रणिश कार्की र दिपांशु थापाले पहिलो चरणमा प्रथम स्थान हासिल गर्दै फाइनल प्रवेश गरेका थिए । 

फाइनलमा समेत उत्कृष्ट प्रदर्शन गर्दै उनीहरू १४६ विद्यार्थीमध्ये उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् ।

अंग्रेजी शब्दको शुद्ध हिज्जे तथा उच्चारणसम्बन्धी ज्ञान परीक्षण गरिएको प्रतियोगितामा विद्यार्थीहरूको सफलताले विद्यालय तथा सुन्दरहरैँचा क्षेत्रको शैक्षिक प्रतिष्ठा बढाएको विद्यालयले जनाएको छ । 

विद्यालयले विद्यार्थीहरूको मेहनत, लगनशीलता र शिक्षकहरूको मार्गदर्शनबाट उपलब्धि हासिल भएको भन्दै उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई बधाई दिएको छ ।

View : 37

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved