विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि डा सुशील अधिकारीको संयोजकत्वमा १३ सदस्यीय समिति आइतबार गठन गरिएको छ ।
आगामी चैत ५ गतेको देशभरका आफ्ना सबै आङ्गीक क्याम्पसहरुमा स्ववियु निर्वाचनका लागि निर्देशन त्रिभुवन विश्वविद्यालयले दिइसकेकोले सो समिति गठन गरिएको हो ।
क्याम्पस प्रमुख डा रामावतार शरणद्वारा गठित स्ववियु निर्वाचन समितिका सदस्यहरुमा प्राध्यापकहरु डा प्रमोदकुमार खेरवार, डा. उद्धवप्रसाद पोखरेल, डा. तुलसीप्रसाद निरौला, अर्जुन तामाङ, सीताराम चम्लागाई, रवि रोक्का डा. शिवचन्द्र चौधरी, डा रमेश गोहिवार, नवीन अधिकारी र अनिल अधिकारी छन् । समितिको सदस्य सचिवमा राजेशकुमार यादव र कर्मचारी सदस्यमा विनोद कामत छन् ।
त्रिवि, स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका, २०८१ को नियम ५ बमोजिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा २०८१ चैत ५ गते स्ववियु. निर्वाचन हुन गइरहेकोले यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सञ्चालन तथा सम्पन्न गर्न गराउन स्ववियु निर्वाचन समिति २०८१ आवश्यक कार्यार्थ गठन गरिएको जनाइएको छ ।
View : 639
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved