धादिङ, ५ कात्तिक : आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताए ।
पटक–पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए ।
धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान ६ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो ।
View : 109
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved