विराटनगर / पतञ्जली योग समिति मोरङ परिवारको आयोजनामा नवौं राष्ट्रिय योग दिवस विराटनगरमा भव्य रुपमा मनाइने भएको छ । सोमबार पतञ्जली योग समिति विराटनगर महानगर समितिको आयोजनामा भएको भेलामा राष्ट्रिय योग दिवस मनाउन जिल्लामा रहेका योगको क्षेत्रमा कार्य गर्दै आएका जीवन विज्ञान, ओशो धर्म प्रदीप ध्यान केन्द्र, ब्रह्माकुमार राजयोग केन्द्र, जिल्ला आयुवेर्दिक केन्द्र लगायतसँग समेत समन्वय गरेर जाने निर्णय गरेको छ ।
पतञ्जलीका वडा, पालिका, जिल्ला समितिका पदाधिकारी सदस्यलगायत उपस्थित भेलामा बोल्दै पतञ्जली योग समिति विराटनगर महानगर समितिकी अध्यक्ष शिल्पा प्याकुरेलले विराटनगरलाई योग नगर बनाउने अभियान अन्तर्गत सबै १९ वडामा नै समिति विस्तार गरी सबै वडा नियमित योग कक्षा सञ्चालन भई रहेको बताइन् ।
माघ १ गतेको राष्ट्रिय योग दिवसलाई लक्षित गर्दै पुस २६ गतेदेखि विराटनगर–१० मा पाँचदिने वृहत योग शिविर तय गरिएको, २७ गते सुनसरीको शान्तिवनमा योग शिक्षकहरुको भेला राखिएको बताइन् । यसका साथै माघ लाग्नसाथ विराटनगर–१२ स्थित लेखनाथ वाचानालयमा योग शिक्षक प्रशिक्षणको तय गरिएको छ । सोको लगत्तै विराटनगर–१ स्थित महेन्द्रेश्वर शिवालय, वडा नं ३ को शिद्धेश्वर शिवालय र ज्येष्ठ नागरिक हातेमालो समाज र वडा नं १९ मिलनचोकको रामजानकी मन्दिरमा योग शिक्षक प्रशिक्षण राखिएको बताइन् ।
सो अवसरमा पतञ्जली योग समिति मोरङका अध्यक्ष सुरेश अग्रवाल, पूर्व अध्यक्ष ध्रुव तामाङ, सचिव ऋषि खतिवडा, महिला पतञ्जली योग समिति मोरङकी अध्यक्ष लक्ष्मी चौधरी, पूर्व अध्यक्ष सुधा पौडेल, सुची चौधरी, मोहन पाण्डे, दामोदर पोखरेल, डीवी बस्नेत लगायतले राष्ट्रिय योग दिवसलाई भव्य रुपमा मनाउन र योगलाई उचाइमा पुर्याउन सबैको सहकार्य महत्वपूर्ण रहेको बताए ।
View : 427
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved