Biratnagar, Morang, Nepal
२७ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेका पूर्व सांसद तथा नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

उद्‌घोष संवाददाता
२६ असोज २०८३, सोमवार

Advertisement

विराटनगर ।  नेकपा संयुक्तका प्रमुख नेता  एवम्   पूर्व सा‌ंसद डा. विजय पौडेलको  निधन भएको छ।

साेमबार अपराह्न अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको हो।

कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार अस्पताल पुर्‍याउँदासम्म उनको निधन भइसकेको थियो।

दिवंगत डा. पौडेल पूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रितका छोरा हुन्।

तत्कालीन माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा माओवादी केन्द्र एकीकृत भई 'नेपाली कम्युनिष्ट पार्टी' बनेपछि उत्पन्न राजनीतिक घटनाक्रममा उनी सक्रिय रहेका थिए।

त्यसक्रममा एकीकृत समाजवादीका असन्तुष्ट नेता तथा कार्यकर्ताहरूलाई समेट्दै उनको नेतृत्व र सुझबुझमा नेकपा संयुक्त पुनर्गठन गरिएको थियो।

उनी नेकपा संयुक्तका प्रमुख नेताका रूपमा क्रियाशील रहँदै आएका थिए।

उनी  जनता टेलिभिजनका अध्यक्ष पनि हुन् । 

 

View : 130

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved