Biratnagar, Morang, Nepal
१९ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

रसुवा बाढीपीडितका लागि स्वस्तिका ट्रान्सपोर्टद्वारा दुई लाख ५५ हजार ५५५ प्रदान

उद्‌घोष संवाददाता
१५ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग स्वरूप स्वस्तिका ट्रान्सपोर्ट प्रालि विराटनगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेको छ ।

स्वस्तिका ट्रान्सपोर्ट र संस्थापक स्व. कृष्णप्रसाद सिग्देलको नाममा स्थापित कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले संयुक्त रूपमा उक्त सहयोग रकम एभरेष्ट बैंकको कन्चनवारी शाखामा जम्मा गरेको कम्पनीकी अध्यक्ष सीता सिग्देलले जानकारी दिइन् ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहको पीडामा साथ दिने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको सिग्देलले बताइन् । 

विपद्को कठिन घडीमा रसुवा बाढीपीडितका लागि प्रदान गरिएको यो सहयोगले प्रभावित नागरिकलाई राहत तथा पुनर्निर्माण कार्यमा केही सहयोग पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।

स्वस्तिका ट्रान्सपोर्ट प्रालि र कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा परोपकारी गतिविधिमार्फत समाजसेवामा योगदान गर्दै आएका छन् ।

View : 365

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved