Biratnagar, Morang, Nepal
१७ माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरको सातघुम्तीमा रहेको कवाडीमा आगलागी, दुईजनाको मृत्यु

२० मंसिर २०८०, बुधवार

Advertisement

विराटनगर, २० मंसिर : बुधबार अपरान्ह विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित कवाडीमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने एकजना पुरुषको पहिचान खुलेको छ । मृत्यु हुनेमा कवाडी संचालक दिपक मण्डल रहेको जनाइएको छ ।

घटनास्थलमै थप एक जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान खुल्न बाँकी प्रहरीको भनाई छ ।

आगलागीमा परी घाइते भएका पाँच जना मध्ये एक पुरुषको उपचारका क्रममा विराटनगरको न्यूरो हस्पिटलमा मृत्यु भएको छ ।

घाइते हुने अन्य व्यक्तिहरुमा विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान, ३० बर्सिया पींकी कामत र ६० बर्सिया अजिता सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन कुमार दाहालले जानकारी दिए ।

घाइतेहरु मध्ये सुशीला र अजिताको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते सवैको उपचार न्यूरो अस्पतालमा भइरहेको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । कवाडीमा कार्यरत कामदारहरुले कवाडी खानाभित्र केहि दिनयता विद्यूत सर्ट भइरहेको र मर्मतका लागि आग्रह गर्दा अटेर गरेको बताए । उनीहरुले दिउँसो खाना खाएर आराम गरिरहेको अवस्थामा अचानक पड्किन थालेपछि आगो फैलिएको उनीहरुले बताए । आफू भागेर ज्यान जोगाएको कवाडीखानाकी एक महिला कामदारले बताइन् ।

आगलागी भएको जानकारी गराएको ४५ मिनेटपछि मात्रै विराटनगर महानगरपालिकाको दमकल आइपुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

 

View : 309

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved