विराटनगर । सिद्धार्थ बैंक कोशी प्रदेश कार्यालयले कोशी प्रदेश खेलकुद विकास बोर्डलाई खेलकुद गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सिद्धार्थ बैंकका प्रदेश कार्यालय प्रमुख कमल बस्नेत र विराटनमार शाखा प्रवन्धक सूर्य शर्मा उपाध्यायको उपस्थितिमा सोमबार चेक हस्तान्तरण भएको छ ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईलाई बैंकले चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा खेलकुद विकास बोर्डका उपाध्यक्ष विन्दिया कार्की, सदस्यसचिव अध्यक्ष कृष्ण (पर्शुराम) बस्नेतको पनि उपस्थिति थियो ।
View : 178
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved