विराटनगर । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘नइमा एक्स्पो २०२६’ लाई लक्षित गर्दै नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकहरूका लागि ५.५७ प्रतिशतको आकर्षक ब्याजदरमा विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।
बैंकले बेस रेट प्लस शून्य प्रतिशतको विशेष अटो लोन योजना ल्याएको हो, जसअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ ।
‘नइमा एक्स्पो २०२६’ लाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना आगामी भदौ मसान्त २०८३ सम्म लागू हुनेछ भने त्यस अवधिपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्रै अटो लोन उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
यसले ग्राहकहरूलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज र छिटो कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास लिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।
बैंकले यो अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ ।
‘नइमा एक्स्पो २०२६’ मा सहभागी हुने तथा नया“ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले यस विशेष योजनाबाट भरपुर लाभ लिन सक्नेछन् ।
बैंकले ग्राहकको आवश्यकता र बजार परिवेशअनुरूप सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
View : 79
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved