Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

पूर्वाञ्चल क्रिकेट एकेडेमीलाई उपाधि

उद्‌घोष सम्वाददाता
२७ माघ २०८१, आइतवार

विराटनगर । मोरङको कटहरीमा आयोजना भएको चौथो वडाध्यक्ष क्रिकेट कप टी ट्वान्टी प्रतियोगिताको उपाधि विराटनगरको पूर्वाञ्चल क्रिकेट क्लब एण्ड एकेडेमीले जितेको छ ।

कटहरीको खेल मैदानमा शनिवार भएको फाइनल खेलमा कटहरी–३ को घरेलु टोलीलाई १९ रनले पराजित गर्दै विराटनगर–३ को पूर्वाञ्चलले उपाधि हात पारेको हो । 

टस जितेर शुरुमा ब्याटिङ रोजेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । 

१ सय ५८ रनको लक्ष्य सहित मैदानमा उत्रिएको कटहरी–३ को टिम २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रनमा सीमित भयो । 

विजयी पूर्वाञ्चलले उपाधिसँगै शिल्ड, मेडल र नगद ४१ हजार राशिको पुरस्कार हात पारेको छ । उपबिजेता कटहरी–३ ले नगद २५ हजार राशिको पुरस्कार प्राप्त गरेको छ । 

बिजेता र उपबिजेतालाई कोशी प्रदेशसभा सदस्य भीम पराजुली, कटहरीका अध्यक्ष देवराज चौधरी र कटहरी–३ का वडाध्यक्ष जदुलाल कामतले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

View : 212

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved