Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

न्यूरो अस्पतालले फड्को मार्दै

मोडुलर अपरेशन थिएटरको उद्घाटन

नयाँ मोडुलर अपरेटिङ थिएटरमा एकै समयमा पाँचवटा शल्यक्रियाहरू गर्न सकिनेछ ।
उद्‌घोष सम्वाददाता
१७ माघ २०८१, बिहिवार

Advertisement

विराटनगर/न्यूरो अस्पतालले अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षको उद्घाटन  गरिएको छ । नयाँ मोडुलर अपरेटिङ थिएटरमा एकै समयमा पाँचवटा शल्यक्रियाहरू गर्न सकिनेछ ।

जसले गर्दा बिरामीहरुले शल्यक्रियाको लागि प्रतीक्षा गर्नुपर्ने समयलाई घटाउनुको साथै अस्पतालमा शल्यक्रियाको लागि प्रयोग हुने  साधनहरूको अधिकतम उपयोग गर्दछ । बिरामीको हकमा यसले संक्रमणको जोखिम कम गर्न मद्दत गर्दछ र बिरामीको सुरक्षा र हेरचाहको लागि चाहिने उच्चतम मापदण्डहरू पूरा गर्दछ ।

यसमा शल्यक्रियाका लागि चाहिने नवीनतम उपकरणहरू र त्यसलाई सहयोग गर्ने अत्याधुनिक प्रणालीहरु जडित रहेकोले यसले जटिल र विविध प्रकारका शल्यक्रियाहरु गर्न मद्दत गर्नेछ । अपरेशन थिएटरको मोडुलर डिजाइनको कारण यसले उपलब्ध स्थानको अधिकतम प्रयोग गर्न र आपतकालीन अवस्थामा प्रभावकारी रूपमा कार्य गर्न सहयोग गर्दछ । 

यसका साथै न्यूरो अस्पतालले  भर्खरै बरिष्ठ न्यूरोसर्जनद्वय डा. रोशन खतिवडा र डा. सुनीलकुमार दासलाई भित्र्याएका पनि नयाँ पद्धतिका शल्यक्रियाहरु गर्न सक्षम हुने देखिएको छ । यसका अतिरिक्त यूरो सर्जनका रुपमा डा. आशिषजंग थापा, डा. आलोक झा, बरिष्ठ अर्थोपेडिक सर्जन प्राडा नविनकुमार कर्ण, बरिष्ठ अर्थोपेडिक सर्जन डा अमित देब, बरिष्ठ जीआई तथा ल्याप्रोस्कोपिक सर्जन डा. सदिप खुनिया, जनरल सर्जन डा प्रज्वल खतिवडा, युरो सर्जन डा. पुरुषोत्तम पराजुली, ईएनटी सर्जन डा. रोशन आचार्य, डेन्टल सर्जन डा. अमितप्रताप शाह, बरिष्ठ प्रसुती तथा स्त्री रोग बिशेषज्ञ प्राडा. शैलजा क्षेत्री श्रेष्ठ, डा. निशा अधिकारी लगायतका सर्जनहरुको बिशेषज्ञ टोली रहे छ ।

त्यसैगरी बिरामीहरुको अपरेशनलाई सहज बनाउन एनेस्थेसियोलोजिष्टको रुपमा डा. मन्जिल श्रेष्ठ, डा. अर्जुन क्षेत्री, डा. लोकेन्द्र मण्डलको पूर्णकालिन सेवा रहेको छ ।  

त्यसैगरी बरिष्ठ न्यूरो फिजिसियन डा बिरेन्द्रकुमार बिष्ट, बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. निकेशराज श्रेष्ठ, बरिष्ठ फिजिसियन तथा बाथ रोग बिशेषज्ञ डा. बिबेक कट्टेल, बरिष्ठ न्यूरो फिजिसियन डा. सुनन्द पौडेल, बरिष्ठ प्याथोलोजिष्ट डा. सागरराज पाण्डे, बरिष्ठ रेडियोलोजिष्ट डा. पन्नालाल शाह, बरिष्ठ रेडियोलोजिष्ट डा. निरज रेग्मी, बरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा. भुवनेश्वर यादब, बरिष्ठ बालरोग बिशेषज्ञ डा. सुरेशप्रसाद साह, बरिष्ठ मानसिक रोग बिशेषज्ञ डा. रञ्जन थापा, बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. राजन कर्ण, बरिष्ठ फिजिसियन डा. सागरकुमार साह, फिजिसियन डा. रमाकान्त राय, बरिष्ठ छाला रोग बिशेषज्ञ डा. रिचा शर्मा, बरिष्ठ फिजियोथेरापिष्ट डा. नविनकुमार चौधरी लगायतका चिकित्सकीय टोलीे छ । 


 

View : 48

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved