Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा गठबन्धन दलका मन्त्रीहरु राजिनामाको तयारीमा

एमालेका ३९ सांसदले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन आज फिर्ता लिंदै

२५ चैत २०८०, आइतवार

विराटनगर । कोशी प्रदेशमा सत्ता फेरबदलको बादल फेरि एक पटक मडारिएको छ । केन्द्रीय गठबन्धनको निर्णय अनुसार सात प्रदेश मध्ये कोशी प्रदेशमा मात्रै सरकार फेरबदलको प्रक्रिया सुरु हुन सकेको थिएन । तर आज आइतबारदेखि मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार परिवर्तनको खेल सुरु भएको हो ।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको प्रदेशसभा सदस्यको हैसियतमा प्रदेश प्रमुखबाट मुख्यमन्क्री नियुत्त भएका कार्कीलाई संसदका रुपमा समर्थन गरेका एमालेका ३९ जना सांसदहरुले समर्थन फिर्ता लिने तयारी गरिसकेको जनाइएको छ । 

उनीहरुले आइतबार विहान सत्ता गठबन्धन दलका नेताहरुसहितको बैठकपछि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष कार्कीलाई मुख्यमन्क्री नियुत्तिका क्रममा दिएको समर्थन सांसदकै हैसियतले फिर्ता लिएको जानकारी दिने कार्यक्रम रहेको स्रोतको दाबी छ ।

त्यसका लागि एमालेले सवै सांसदहरुलाई आन्तरिक रुपमा विराटनगर केन्द्रित गरिसकेको जनाइएको छ । संविधानको धारा १६८ उपधारा (५) बमोजिमको सरकारलाई दिएको समर्थन नै फिर्ता लिने संबैधानिक व्यवस्था संविधानकै धारा १८८ को उपधारा (२) मा स्पष्ट व्यवस्था रहेको एमालेको दाबी छ । सोही धारा र उपधारा अनुसार ३९ जनाले मुख्यमन्क्री कार्कीलाई दिएको समर्थन व्यत्तिगत रुपमा फिर्ता लिने जनाइएको छ ।

एमालेका सांसदहरुले समर्थन फिर्ता लिएपछि गठबन्धन दलमध्ये नेकपा माओवादी केन्द्रका तीनजना मन्त्रीहरुसहित अन्य दलका मन्त्रीहरुले समेत मुख्यमन्त्री कार्कीलाई राजिनामा बुझाउने तयारी गरेका छन् । सरकारमा सहभागी भए पनि हट्नका लागि राजिनामा पत्रको मस्यौदासमेत बनिसकेको माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

शुक्रबार नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धनको भावना अनुसार नै कोशी प्रदेश सरकार गठनको प्रक्रिया अघि बढाउने अनौपचारिक सहमति भइसकेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिए । उनले गठबन्धन बदलिने बितिक्कै मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार नैतिक रुपमा अल्पमत परिसकेको अवस्थामा राजिनामा दिएर बाटो खोल्न समेत आग्रह गरिएको उनले बताए । तर मुख्यमन्त्री कार्कीले भने राजिनामा दिने तयारीको साटो मध्यावधि निर्वाचनतर्फ लैजाने धम्कीपूर्ण अभिव्यक्ति दिंदै आएका छन् ।

‘केन्द्रको निर्देशनपछि माओवादी केन्द्रका नेताहरु सम्पर्कमा आउनु भएको छ, शुक्रबार उहाँहरुसँग सवै कुरा भइसकेको छ, अब आइतबार सरकार बदल्ने प्रक्रिया सुरु हुन्छ’ प्रमुख सचेतक भण्डारीले भने, ‘हामी ३९ जनाले आइतबार प्रदेश प्रमुखलाई भेटेर समर्थन फिर्ता लिन्छौं, त्यसको जानकारी सभामुखलाई पनि गराउँछौं, सरकारमा रहनु भएका माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले पनि राजिनामा दिनुहुन्छ ।’

एमालेका ३९ सांसदहरुले समर्थन फिर्ता गरेपछि कोशी प्रदेशमा बैकल्पिक सरकार बन्नसक्ने आवश्यक संख्यासहितको बहुमत हस्ताक्षर पनि बुझाउने एमालेको तयारी रहेको जनाइएको छ । साथै प्रदेश प्रमुख समक्ष विशेष अधिवेशनको पनि माग गर्ने एमालेको तयारी रहेको छ ।

‘सरकार नै अल्पमतमा परिसकेका कारण प्रक्रिया सुरु गर्नु परेको हो, मन्त्रीहरुले पनि सोमबारभित्रै राजिनामा दिनुहुन्छ’ उनले भने, ‘सरकार जसरी पनि परिवर्तन हुन्छ, त्यो परिवर्तन संविधानसम्मत् रुपमै हुन्छ ।’

उनले केदार कार्कीलाई मुख्यमन्क्रीमा नियुत्त हुन र सरकारमा समेत सहभागी हुन समर्थन दिएको बताए । भैपरी आएको परिस्थिति बाहेक गठबन्धन दलका मन्त्रीहरुले राजिनामा दिएपछि थप प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

गठबन्धन दलले मुख्यमन्त्रीलाई दिएको समर्थनका साथै कात्तिक १ गते दिएको विश्वासको मत र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने जनाइएको छ । त्यसपछि मुख्यमन्त्रीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनुपर्ने एमालेको दाबी छ ।

उक्त उपधारा (२) मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आˆनो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भन्ने व्यवस्था छ ।

एमालेको समर्थनमा मुख्यमन्क्री नियुत्त भएका कार्कीले एमालेकै आग्रहविपरित तत्कालित केन्द्रीय गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्क्री नियुत्ति गरेका थिए । कार्कीले माओवादी र नेकपा एसलाई सरकारमा ल्याएपछि एमाले संसदीय दलका उपनेता रहेका राम रानाले विना विभागीय मन्त्रीबाट राजिनामा दिएका थिए ।

View : 688

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved