विराटनगर । ब्रान्डेड चामलको बोरामा कमसल चामल प्याकिङ गरी बिक्री वितरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–१०, तीनटोलिया घर भई हाल काठमाडौं कुलेश्वर बस्दै आएका ४८ वर्षीय मुकेशकुमार छन् ।
काठमाडौं–१४ कुलेश्वरस्थित न्यू प्रकाश खाद्य उद्योगमा जयश्री फुड्स प्रालिको लंगग्रेन प्रिमियम स्पेशल राइस लेखिएको चामलको बोरा प्रयोग गरी कमसल चामल बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले गोदाममा छापा मारेको थियो ।
प्रहरीका अनुसार गोदामबाट २० किलो दरका ३ बोरा चामल फेला परेको थियो ।
सोधपुछका क्रममा पक्राउ परेका व्यक्तिले सो चामल काठमाडौं बाफलस्थित केशरी नन्दन खाद्य स्टोर तथा श्री गढीमाई प्याकेजिङ उद्योगबाट खरिद गरी ल्याएको बताएका छन् ।
गोदामबाट लंगग्रेन प्रिमियम स्पेशल राइस लेखिएको भान्सा घर नामको चामलका २७ बोरा, खाली बोरा १० वटा र जयश्री फुड्स लेखिएको चामलको बोरा सिल गर्न प्रयोग हुने प्लास्टिकका स्टिकर १० थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराधसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय बबरमहलबाट म्याद थप गरी प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको बताइको छ ।
View : 16
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved