Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

भारतका पूर्वविदेशमन्त्री सिंहको निधन,  प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

२७ साउन २०८१, आइतवार

नयाँदिल्ली, २७ साउन ।  भारतका पूर्व विदेशमन्त्री तथा कांग्रेस नेता  नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । 

लामो समयदेखि बिरामी रहेका उनको गुरुग्राम (हरियाणा) स्थित मेदान्त अस्पतालमा निधन भएको हो । 

काङ्ग्रेस नेता एवं राज्यसभा सांसद रणदीप सिंह सुरजेवालाले शनिबार राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको शोक सन्देशमा भनिएको छ, “पूर्व विदेशमन्त्री नटवर सिंहजीको निधन भएको छ । ईश्वरले उनको परिवारलाई यो क्षति सहने शक्ति प्रदान गरुन्, साथै, दिवङ्गत आत्माको शान्तिका लागि कामना ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व विदेशमन्त्री नटवर सिंहको निधनप्रति दुःख व्यक्त गर्दै उनले कूटनीति र वैदेशिक नीतिका क्षेत्रमा भारतका लागि गरेको योगदानको प्रशंसा गरेका छन् । 

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समालेखेका छन् , “नटवर सिंहजीको निधनबाट मर्माहत भएको छु । उहाँले कूटनीति र विदेश नीतिको क्षेत्रमा भारतका लागि ठूलो योगदान दिनुभएको छ । उहाँ आफ्नो बुद्धि र विपुल लेखनका लागि पनि चिनिनुहुन्थ्यो । दुःखको यस घडीमा उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना प्रकट गर्दछु ।

सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रीपरिषद्मा विदेश मन्त्रीको रूपमा काम गरेका थिए ।

सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।  रासस

View : 122

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved