सुन्दरहरैँचा । इटहरी–१ आँपगाछीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभाबाट यादव ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित भएका हुन भने उपाध्यक्षमा नगेन्द्रजङ्ग थापा ६८१ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँले ४९८ मत प्राप्त गरे ।
खुला सदस्यतर्फ विज्ञान ढुंगाना, विनोदप्रसाद गुरागाईं, लोचन पौडेल, गोविन्दबहादुर बस्नेत, राजेन्द्र अधिकारी र धनबहादुर कटुवाल निर्वाचित भएका छन् ।
महिला सदस्यमा पदमदेवी बस्नेत, दुर्गा अधिकारी र दिपा प्याकुरेल ओझा निर्वाचित भए ।
त्यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजकमा देवीप्रसाद भट्टराई तथा सदस्यमा बाबुराम कार्की र दण्डबहादुर खड्का विजयी भएका छन् ।
View : 22
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved