Biratnagar, Morang, Nepal
८ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

सभापतिमा सापकोटासहित विराटनगर कांग्रेस वडा नं. ९ मा सर्वसम्मत नेतृत्व

उद्‌घोष संवाददाता
७ असोज २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाली कांग्रेस मोरङको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर वडा नं. ९ को वडा कार्यसमिति तथा सबै पदमा सर्वसम्मत निर्विरोध चयन भएको छ ।

निर्वाचन अधिकृतद्वारा जारी विवरणअनुसार वडा कार्यसमिति सभापतिमा अनुपकुमार सापकोटा निर्विरोध चयन भएका छन् । उपसभापतिमा सुनिता मास्के र अभिराज मिश्र, सचिवमा सरोजकुमार कोइराला तथा सहसचिवमा ज्योति श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

यस्तै वडा कार्यसमिति सदस्यमा डम्बर श्रेष्ठ, कृष्णगोपाल तापाडिया, रोहन ताम्राकार, राकेश साह, विमल सापकोटा र पिंकी पासवान चयन भएका छन् । क्षेत्रीय प्रतिनिधितर्फ पनि महिला, खुला तथा अन्य समावेशी समूहका उम्मेदवारहरू सर्वसम्मत निर्विरोध चयन भएका छन् ।

निर्वाचनअघि कांग्रेसभित्र दुई समूहमा विभाजन भएका कार्यकर्ताबीच सहमति जुटाएर क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध चयन गरिएको जनाइएको छ । तर, सहमतिअनुसार सक्रिय कार्यकर्ता डा. पुरु कोइराला र प्रकाश दाहालको नाम क्षेत्रीय प्रतिनिधिको सूचीबाट हटाइएको भन्दै असन्तुष्टि देखिएको छ । सहमतिविपरीत नाम हटाइएको दाबी गर्दै त्यसविरुद्ध उजुरी दिने तयारी भइरहेको एक कांग्रेस कार्यकर्ताले बताए ।

View : 133

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved