Biratnagar, Morang, Nepal
६ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेपाल पूर्व प्रहरी संगठनमा बद्रीविक्रम थापा  चयन

उद्‌घोष संवाददाता
५ असोज २०८३, सोमवार

Advertisement

विराटनगर  ।नेपाल पूर्व प्रहरी संगठन परिवार केन्द्रीय कार्यसमितिको तेस्रो साधारणसभाबाट पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) बद्रीविक्रम थापाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

 

विराटनगर–४ बस्ता टोलस्थित संगठनकै भवनमा सम्पन्न साधारणसभाले वरिष्ठ उपाध्यक्षमा पूर्व प्रहरी नायब निरीक्षक (सई) इन्द्रराज रिजाल, उपाध्यक्षमा पूर्व डीएसपी शम्भुप्रसाद बराल, सचिवमा पूर्व सई धर्मराज न्यौपाने, र सहसचिवमा पूर्व प्रहरी निरीक्षक (इन्स्पेक्टर) अशोककुमार सिंहलाई चयन गरेको छ।

त्यस्तै, कोषाध्यक्षमा पूर्व सई बाबुराम न्यौपाने तथा सहकोषाध्यक्षमा पूर्व सई टीका देवी ठकुरी चयन भएका छन्।

कार्यसमितिमा थप ५ जना सदस्य पछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए।

 

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले पूर्व प्रहरीहरूको एकता र संगठनको श्रीवृद्धिमा जोड दिए।

उनले पूर्व प्रहरीहरूको अनुभव र लामो योगदानलाई समाजहितमा उपयोग गर्दै संगठनलाई अझ सशक्त बनाउनुपर्ने धारणा राखे।

 

उक्त अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने इकाइहरूलाई सम्मान गरिएको थियो।

ज्येष्ठ नागरिकतर्फ रेवतबहादुर थापासहित ६ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

यस्तै, उद्योग–व्यवसाय क्षेत्रका राजन डाँगी र खेलकुद क्षेत्रका बुद्धि दराई सम्मानित भएका छन् भने उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै मिक्लाजुङ र सुन्दरहरैँचा इकाइलाई पनि पुरस्कृत गरियो।

 

साधारणसभामा शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित ‘विप्लव थापा गोदार स्मृति शिक्षा पुरस्कार’ कक्षा ५ मा अध्ययनरत पूर्व प्रहरी सन्तति साम्राज्ञी पाण्डेलाई प्रदान गरियो।

संगठनका अध्यक्ष थापा र विमला थापाले आफ्ना स्वर्गीय पुत्रको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार अन्तर्गत पाण्डेलाई नगद रु. ५ हजार १ सय र प्रमाणपत्र प्रदान गरिएको छ।

पूर्व डीएसपी कविन्द्र कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा ४५० भन्दा बढी पूर्व प्रहरी तथा शुभेच्छुकहरूको उपस्थिति थियो।

View : 280

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved