Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विराटनगर किंग्सको रोमाञ्चक जित

पहिलो बलमा कप्तान सन्दीप लामिछाने आउट भएपछि दवावमा परेको विराटनगरका लागि दोस्रो बल पनि डट सहनु पर्यो ।  तर तेस्रो बलमा क्रिस सोलले छक्का प्रहार गर्दै आशा दिलाए । त्यसपछिको चौथो र पाँचौ बलमा लगातार दुई चौकाको मद्दतले सोलले विराटनगरलाई रोमाञ्चक जितको हकदार बनाए ।
उद्‌घोष सम्वाददाता
१९ मंसिर २०८१, बुधवार

विराटनगर । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को बुधबारको दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको छ । १९२ रनको विशाल लक्ष्य पाएको विराटनगरले एक बल बाँकी रहँदा जित निकालेको हो । विराटनगरले अन्तिम ओभरको पाँचौं बलमा चौकाको मद्दतबाट १६ रन जोड्दै १९३ रन बनाएको हो ।

अघिल्ला दुई खेलमा पराजित भएको सन्दीप लामिछानेको कप्तानीको विराटनगर किंग्सको नेपाली राष्ट्रिय क्रिकेट टोलीका समेत कप्तान रहेको रोहित पौडेलको कप्तानीको लुम्बिनी लायन्सविरुद्ध थ्रिलिङ जित निकालेको हो ।

अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चाहिएको थियो । लुम्बिनीका विवेक यादवले पहिलो दुई बल वाइड दिंदा विराटनगरका लागि सहज बनेको थियो । पहिलो बलमा कप्तान सन्दीप लामिछाने आउट भएपछि दवावमा परेको विराटनगरका लागि दोस्रो बल पनि डट सहनु पर्यो । 

तर तेस्रो बलमा क्रिस सोलले छक्का प्रहार गर्दै आशा दिलाए । त्यसपछिको चौथो र पाँचौ बलमा लगातार दुई चौकाको मद्दतले सोलले विराटनगरलाई रोमाञ्चक जितको हकदार बनाए ।

विराटनगरका लागि ओपनर लोकेश बमले १८औं ओभरसम्म संघर्ष गर्दै ७१ रन जोडे । उनले सन्दीप जोराबाट क्याच आउट हुनुअघि ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए ।

लोकेशसँग ८१ रनको साझेदारी खेलेका बसिद अहमद ४० जोडे ।

अर्का ओपनर इस्मत अलाम भने शून्य रनमै आउट भए । तेस्रो नम्बरका मार्टिन गप्टिलले १७ बलमा २८ रन जोडे । उनी दुर्गेश गुप्ताबाट आठौं ओभरमा बोल्ड हुनुअघि ६ चौका हानेका थिए ।
त्यस्तै राजेश पुलामी ४ जोडे । निकोलास किर्टोन शून्यमै पेभिलियन फर्किए । 

१९औं ओभरमा प्रतिश जिसी ६ रनमा आउट भएपछि विराटनगरमाथिको दवाव बढेको थियो । तर सोलले टिमलाई तेस्रो हारबाट बचाए ।

लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए । रेमोन सिमन्स र साद बिन जफारले पनि २–२ विकेट लिए ।

टस जितेर लुम्बिनीका लागि ब्याटिङमा निम्तो पाएको ७ लुम्बिनीले विकेटको क्षतिमा १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यो स्कोर प्रतियोगितामा अहिलेसम्मकै सवैभन्दा ठुलो थियो ।

लुम्बिनीलाई ठुलो स्कोरमा लैजान कप्तान रोहित कुमार पौडेलले ४६ रन बनाए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । विवेक यादवले ७ बलमा ३ छक्का प्रहार गर्दै नटआउट १९ रन जोडे ।

ओपनरद्वय आशुतोष घिरैयाले १५ र अर्जुन साउदले १७ रन खेले । 

टम मोरिजले ३० र साद बीन जफरले १५ रन बनाए । बेन कटिङ ६ रन जोडेर रनआउट भए । 

बलिङमा विराटनगरका मार्की एवं कप्तान सन्दीप लामिछानेले पहिलो विकेट दर्ता गरे । इस्मत आलम र राजेश पुलामीले पनि एक एक विकेट लिए । लुम्बिनीका चार ब्याटर रनआउट बनेका थिए ।

View : 124

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved