विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङलाई पुस्तक तथा स्टेशनरी व्यवसायीहरूले २२९ थान पुस्तक हस्तान्तरण गरेका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङ १ नम्बर इकाईले जिल्ला प्रहरी कार्यालय मोरङभित्र रहेको हिरासतमा रहेको पुस्तकालयका लागि ७० हजार रुपैयाँ मुल्य बराबरका २२९ थान पुस्तक शुक्रबार प्रदान गरेको हो ।
हिरासतमा रहेका थुनुवाहरूका लागि पाठनयोग्य पुस्तकहरू प्रदान गरिएको महासंघ १ नम्बर इकाईका अध्यक्ष शुशिल घिमिरेले बताए ।
ती पुस्तक जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयालाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष दिनेश पन्त लगायतका पुस्तक व्यवसायी प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।
View : 55
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved