Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

आईसीपी सडक विस्तारबारे सुनुवाइ

उद्‌घोष सम्वाददाता
२१ पुष २०८१, आइतवार

विराटनगर । नेपाल इन्टरमोडल यातायात विकास समितिले शुक्रवार विराटनगर–१८ बुधनगरस्थित  नेपाल कस्टम यार्डमा सार्वजनिक सुनवाई गरेको छ । 

एकीकृत जाँच चौकीमा आवश्यक पूर्वाधार निर्माण तथा लिंकरोड सुधारको लागि तयार गरिएको वातावरणीय अध्ययन प्रतिवेदनमाथि छलफल गर्न सर्वजनिक सुनवाई गरिएको हो । 

सो अवसरमा कोशी राजमार्गको हनुमान मन्दिरदेखि एकीकृत जाँच चौकीसम्मको  दुई लेनको ४ दशमलब ४ किलोमिटर सडक विश्व वैंकको सहयोगमा विस्तार गरी ४ लेनको बनाइने बताइएको छ । सो सडक १८ महिनाभित्र सम्पन्न गरिने लक्ष्य रहेको जानकारी दिइएको छ । 

सडक निर्माणवाट विराटनगर–१४, १७ र १८ का वडावासीमा पर्ने प्रत्यक्ष, अप्रत्यक्ष असर र सोको निराकरणका बारेमा छलफल भएको थियो । 

स्थानीय राजनीतिक दल र वडावासीहरुको उपस्थित कार्यक्रममा जनता समाजवादी पार्टीका नेता दिनेश यादवले २ लेनको सडक बनाउँदा गरिएको सम्झौता कार्यान्वयन नभएकाले सो योजनाबाट प्रभावित क्षेत्रका जनताले लाभ लिन सक्ने कुरामा विश्वास नरहेको बताए । 

विराटनगर–१८ का वडाध्यक्ष जितेन्द्रकुमार साहले यस क्षेत्रमा ठूला परियोजना बनाएता पनि जनजिविकाको सवालमा सम्बन्धित पक्ष गैरजिम्मेवार रहदै आएको बताए । 

सडक छेउको विजुली खम्बामा राति बत्ती नहुँदा हिड्डुल गर्न गाह्रो भएको र डुवानको समस्याले वडावासी समस्यामा रहेको उनले गुनासो गरे । 

नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रले सडक विस्तार लगायतका योजनाबारे जानकारी दिएका थिए ।

View : 68

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved